FAQs Complain Problems

सूचना तथा समाचार

Post datesort descending

एकिकृत नगर प्रोफाइल २०६७

02/02/2014 - 12:58

Citizen Charter

06/01/2015 - 12:34

भवन निर्माण मापदण्ड

विराटनगर उपमहानगरपालिको नगर क्षेत्र भित्र भवन निर्माण गर्दा घर नक्सा पासला लागी तोकिएको  सडक/भवन मापदण्ड

10/11/2015 - 11:45

बनिसकेका घरको नक्सा दर्ता प्रक्रिया खुलेको सुचना

नक्सा पास नगरी २०७० साल असार मसान्त अगाबै बनिसकेका घरहरु र हाल स्वीकृत सडक मापदण्डमा

परेको खण्डमा घरको के कति भाग सडक मापदण्डमा पर्छ त्यसलाई आफ्नै खर्चमा १ बर्ष भित्रमा भत्काई

सक्ने सर्तनामा गरी दर्ता गर्ने र नभत्काए दर्ता भएको मिसिल स्वतः रद्ध हुने गरी मिति २०७३ चैत्र मसान्त

भित्र दर्ता गर्न ल्याएमा लागेको राजस्वको ५० प्रतिशत जरिवाना लिई नक्सा पास गर्ने भन्ने मिति २०७३/०९/२८

को ३३ औ नगर परिषदको निर्णय अनुसार यो सूचना सर्वसाधारणका लागी जारी गरिएको छ।

01/17/2017 - 11:57

नगर पारिषद सम्पन्न

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत श्री दिपक कोइरालाद्वारा मिति २०७३।९।२८ गते  विहिबार  ३३ औं नगर परिषद बाट पारित  आ.व. २०७४/०७५ को वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकिकरण गरियो ।

01/18/2017 - 15:10

बोलपत्र आह्वानको सूचना (एयरपोर्ट मार्ग स्तरोन्नति)

पुरा सूचना पढ्न तलको फाइल डाउनलोड गर्नुहोस।

01/19/2017 - 12:17

बोलपत्र आह्वानको सूचना (श्री तारीणी प्रसाद कोइराला संचारग्राम)

यस सम्बन्धी विस्तृत विवरण www.bolpatra.gov.np/egp मा उपलब्ध छ।

पुरा सूचना पढ्न संलग्न सूचना डाउनलोड गर्नुहोस।

06/19/2017 - 10:00

निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

आज मिती २०७४/०३/२७ मा विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख श्री भीम पराजुली, उप-प्रमुख श्री इन्दिरा कार्की लगायत १९ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुले विरेन्द्र सभागृहमा सम्पन्न कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो। कार्यक्रममा व्यवस्थापिका संसदका सभासद, क्षेत्रीय निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, संचारकर्मी, राजनितिक दलका प्रतिनिधि  लगायत अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिती थियो। कार्यक्रम पश्चात नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाका कर्मचारीहरुद्वारा नगर कार्यपालिकाको कार्यालयमा स्वागत गरीयो।

07/11/2017 - 16:04

महानगरपालिकाका जनप्रतिनिधिद्वारा पहिलो निर्णय

मिति २०७४/०३/२७ मा महानगरपालिकाका जनप्रतिनिधिद्वारा देहाय बमोजिमका निर्णय गरियो ।

07/11/2017 - 16:35

विराटनगर महानगरपालिकाका १९ वटै वडाका निर्वाचित पदाधिकारीहरुको नामावली

कृपया संलग्न फाइल डाउनलोड गर्नुहोस्।

07/14/2017 - 11:35

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आज मिति २०७४ असार ३० गते शुक्रवार विराटनगर महानगरपालिकाले आफ्नै सभाहलमा सार्वजनिक सूनूवाई कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उल्लेखित उपस्थिति रहेको थियो । कार्यक्रममा नगरको समसायिक गतिविधि, विकास निमार्ण, सडकबत्ति, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा र सो को वारेमा चर्चा गरिएको थियो । कार्यक्रम महानगरपालिकाका प्रमुख श्री भीम पराजुलीको सभापतित्वमा सम्पन्न भयो । 
 

07/14/2017 - 14:19

घरनक्सा शाखाको अत्यन्त जरुरी सूचना

हालसम्मका पूराना फाइलहरु मिलान गरी व्यवस्थित गर्नूपर्ने भएकोले मिति २०७४/०४/०२ देखि २०७४/०४/०८ सम्मका लागि यस कार्यालयको घरनक्सा शाखावाट हूदै आएको सम्पुर्ण काम काज वन्द हूने व्यहोरा सम्पुर्ण सेवाग्राहीहरुमा जानकारी गराउदै यसवाट सेवाग्राहीहरुमा पर्नजाने असूविधा प्रति क्षमाप्रार्थी रहेको व्यहोरा अनूरोध गरिन्छ ।

 

 

07/16/2017 - 14:49

स्थानीय सार्वजनिक बिदा सम्बन्धमा

विराटनगर महानगरपालिकामा २०२५ साल देखी निरन्तर रुपमा ऐतिहासिक रुपमा संचालन हुँदै आएको श्रीकृष्णको रथयात्रा महोत्सवको अवसरमा नगर कार्यपालिकाबाट स्विकृत नगर कार्यपालिका नगर (कार्यसम्पादन) नियमावली २०७४ को अनुसूचि १ बमोजिम मिति २०७४/०४/२७ गते बसेको नगर कार्यपालिका बैठकबाट विराटनगर महानगरपालिका क्षेत्रमा श्रीकृष्ण रथयात्राको दिन मिति २०७४/०४/३१ गते मंगलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा अनुरोध छ। विराटनगर महानगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक नीजि संघ संस्थाहरुमा समेत सार्वजनिक बिदाको सूचना प्रवाह गरी सहयोग गरिदिन अनुरोध छ।

08/11/2017 - 16:54

नगर सभामा उपस्थित भैदिने बारे

विराटनगर महानगरपालिकाको मिति २०७४/०४/२७ गते बसेको नगर कार्यपालिका बैठकबाट मिति २०७४/०५/१८ गते आइतबार विराटनगर महानगरपालिकाको नगरसभा हुने निर्णय भएको व्यहोरा अनुरोध छ। सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उपस्थितिका लागी अनुरोध गरीन्छ।

08/11/2017 - 16:58

सहयोगको लागी अपिल

वाढी पिडित लागि सहयोग गर्न इच्छुक महानुभावहरूले बिराटनगर महानगरपालिकाको कृषि विकास बैंक स्थिति विपत व्यवस्थापन कोष खाता नम्बर ०६०१६०११४५९८३०८३ मा रकम जम्मा गर्न सक्नु हुनेछ । सहयोगका लागी धन्यवाद ।।

08/14/2017 - 11:57

नगर सभाको मिति परिवर्तन भएको बारे

विराटनगर महानगरपालिकाको  मिति २०७४/०५/१८ गते आइतबार हुने भनिएको  नगरसभा भर्खरैको बाढीबाट उत्पन्न भएका समस्याहरुलाई मध्यनजर गर्दै मिति २०७४/०५/१८ गते को सट्टा २०७४/०५/२३ गते दिनको १ः०० बजे बाट हुने निर्णय भएको व्यहोरा अनुरोध छ। सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उपस्थितिका लागी पुनः अनुरोध गरीन्छ।

08/25/2017 - 13:05

Notice of Award (RUDP)

08/30/2017 - 14:19

दरभाउपत्र आव्हानको सूचना

यस आ.ब. २०७४/०७५ मा तपसिल अनुसारको योजनाहरुको मर्मत संभार (सडक वोर्ड समेत) दरभाउपत्र आव्हान गरी गराउने निर्णय भएको हुँदा इजाजत प्राप्त निर्माण व्यवसायीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ औँ दिन भित्र खरिद गरी (दरभाउपत्र दस्तुर पछि फिर्ता नहुने गरी) विराटनगर महानगरपालिकाको नाममा सिलबन्दी दरभाउपत्र दर्ता गराउन सम्बन्धित जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

12/21/2017 - 12:55

विराटनगर महानगरपालिकाको नयाँ Official E-mail ID  “info@biratnagarmun.gov.np

विराटनगर महानगरपालिकाले आफ्नो नयाँ Official E-mail ID  “info@biratnagarmun.gov.np” सुचारु गरेको छ। आफ्नो अमुल्य सल्लाह, सुझावको साथै महानगरपालिका कार्यालयमा पठाउनु पर्ने पत्रहरु यसै E-mail ID मा पठाउन सक्नुहुनेछ।

12/22/2017 - 14:03

महानगरपालिकाको हार्दिक अनुरोध।

शीतलहरका कारण केही दिनदेखि बढेको चिसोबाट बच्न घरेलु उपायहरु समेत अवलम्बन गरी विशेष सावधानी र सतर्कता अपनाउनु हुन आम नगरवासीहरुमा बिराटनगर महानगरपालिका हार्दिक अनुरोध गर्दछ।

01/09/2018 - 17:11

स्वेच्छिक अवकाशको फाराम

दिइएको लिङ्कमा गई स्वेच्छिक फाराम डाउनलोड गर्न सक्नुहुनेछ:- https://goo.gl/fngwWX

01/21/2018 - 11:46

विराटनगर महानगरपालिकाको अनुरोध।

03/13/2018 - 14:48

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थीत हुने बारे।

विराटनगर महानगरपालिकाले स्थानीय तह र नागरिकहरुका वीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट सेवाग्राहीलाई नगर विकासको प्रकृयामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शीताको माध्यमद्वारा महानगरपालिकाको विकास निर्माण कार्य र सेवा प्रवाहलाई गुणस्तरीय र प्रवाभकारीको संस्कार बनाउन गरिने सार्वजनिक सुनुवाई कार्यक्रम संचालन निम्नानुसारको मिति, समय र स्थानमा हुने भएकोले महानगरवासी नागरिकहरुलाई उपस्थीतिको लागि अनुरोध छ।

मिति: २०७४/१२/०४
स्थान: रानी युवा क्लब
समय: विहान ११ बजे।

03/16/2018 - 13:40

स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको अन्तरवार्ता सम्बन्धी सूचना

04/16/2018 - 11:17

स्वास्थ्यकर्मी तथा कर्मचारीहरु (नामावली सहित) को अन्तरवार्ता सम्बन्धी सूचना

04/17/2018 - 13:22

RUDP प्रोजेक्टबारे भिडियो रिपोर्ट

नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम पुर्वाधारमा विराटनगर महानगरपालिकामा संचालन भइरहेको RUDP प्रोजेक्टबारेको भिडियो रिपोर्ट:-  https://youtu.be/HugyIIqRvPQ?t=2m53s 

04/19/2018 - 14:34

नतिजा प्रकाशित गरिएको बारे।

विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत महानगरपालिकाले आ.व.२०७४/७५ मा स्वास्थ्य प्रवर्धन कार्यक्रम संचालनार्थ सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धमा मिति २०७५/०१/११ गते देखि ३० गते सम्म लिएको अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ।

05/27/2018 - 14:05

मौजुदा सूचीमा सुचीकृत हुने सम्बन्धी सूचना

08/23/2018 - 15:06

मेलमिलापकर्ताको रुपमा सुचीकृत हुने सम्बन्धी सूचना

08/31/2018 - 13:53

विद्युतीय नगरपार्श्वचित्र तयारीका लागि प्राविधिक तथा आर्थिक प्रस्ताव आव्हान सम्बन्धी सूचना

10/16/2018 - 08:03

Pages