FAQs Complain Problems

अन्य कर तथा जरिवाना सम्बन्धी व्यवस्था

अन्य कर तथा जरीवाना सम्बन्धी व्यवस्थाः

विदेशी नागरिकका हकमा विदेश नागरिक खुल्ने प्रमाणको आधारमा संचालन गर्ने ब्यवसाय दरमा शत प्रतिशत थप रकम लिएर ब्यवसाय दर्ता गर्ने ।

पुरानो दीर्घरोगी, क्यान्सर, मृगौला तथा मुटुरोगी आदि जस्ता रोगीलाई उपचार तथा सहयोगका लागि सिफारिस निशुल्क गर्ने ।

कुनै पनि व्यवसाय महानगरपालिकामा दर्ता नभई सम्बन्धित अन्य निकायमा दर्ता भई संचालनमा रहेका महानगरपालिकामा दर्ता हुनआउने व्यवसायहरुलाई विगत४(चार)वर्षको बक्यौता व्यवसाय कर असुली गरी व्यवसाय दर्ता गर्ने ।

सार्वजनिक सडकमा निर्माण सामग्री राख्ने व्यक्तितथा संस्थाहरुले जरीवाना वापत प्रतिदिन रु.२०००।०(दूईहजार)असुल गरिनेछ ।

सडकमा अव्यवस्थित रुपले निषेधित क्षेत्रमा पार्किगं गरिएका टेंकर, लहरी, ट्रिपर जस्ता सवारी साधनहरुलाई प्रतिदिन रु.३०००।० जरीवाना लिईनेछ ।

महानगर क्षेत्रमा वातावरणीय ध्वनि प्रदुषण गराउने व्यक्ति, संघ तथा संस्थाहरुले पहिलो पटक रु.५००।०, पटक पटक रु. १०००।० जरीवाना लिईनेछ ।

नगर क्षेत्रभित्र जथा भावी फोहर फ्याक्ने व्यक्तिलाई पहिलो पटक रु.५००।, पटक पटक रु.५०००। जरीवाना गर्ने ।

नगर क्षेत्रभित्र जथाभावी फोहर फ्याक्ने संघ संस्थालाई पहिलो पटक रु.५००००।, पटक पटक रु.१०००००। जरीवाना गर्ने साथै प्रयोग भएका सवारी साधनलाई पहिलो पटक रु.१५०००।, पटक पटक रु.२५०००। जरीवाना गर्ने ।

महानगरपालिकाले लगाउने ठेक्कापट्टा कारोवार रकममा १.५ प्रतिशतका दरले नपा कर लाग्नेछ ।

महानगरपालिकासंग रहेको एक्साभेटर र रोलर मेशीनको इन्धनबाहेकको भाडावापत क्रमशः रोलरको प्रति दिन रु.६०००। र एक्साभेटरको प्रतिघण्टा रु.१५००।, पानी टेङ्कर प्रति दिन रु। ३०००। असूली गरिनेछ ।

संक्षिप्त वातावरणीय अध्ययन सिफारीश दस्तुर रु.५०००। असुली गरिनेछ ।

प्रारम्भिक वातावरणीय परीक्षण(IEE)सिफारीश दस्तुर रु.१००००। असुली गरिनेछ ।

वातवारणीय प्रभाव मूल्यांन(EIA)सिफारीश दस्तुर रु.१५०००। असुली गरिनेछ ।

मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार गर्ने हरेक व्यवसाय दर्ता तथा नविकरण गर्दा लाग्ने करबाहेक महानगरपालिका स्तरमा “विपन्न स्वास्थ्य उपचार सहयोग कोष”मा वार्षिक एकमुष्ठ निम्नानुसार योगदान गर्नुपर्नेछ ।

 

क्र.स. कारोवार विवरण साना मझौला ठूला थोक आयातनिर्यात
मदिरा उत्पादन तथा व्यापार २००० ३५०० ५००० ५००० १००००
सुर्तिजन्य पदार्थ उत्पादन तथा व्यापार २००० ३५०० ५००० ५००० १००००