ताजा समाचार
अन्य कर तथा जरिवाना सम्बन्धी व्यवस्था
अन्य कर तथा जरीवाना सम्बन्धी व्यवस्थाः
| |
विदेशी नागरिकका हकमा विदेश नागरिक खुल्ने प्रमाणको आधारमा संचालन गर्ने ब्यवसाय दरमा शत प्रतिशत थप रकम लिएर ब्यवसाय दर्ता गर्ने । |
| |
पुरानो दीर्घरोगी, क्यान्सर, मृगौला तथा मुटुरोगी आदि जस्ता रोगीलाई उपचार तथा सहयोगका लागि सिफारिस निशुल्क गर्ने । |
| |
कुनै पनि व्यवसाय महानगरपालिकामा दर्ता नभई सम्बन्धित अन्य निकायमा दर्ता भई संचालनमा रहेका महानगरपालिकामा दर्ता हुनआउने व्यवसायहरुलाई विगत४(चार)वर्षको बक्यौता व्यवसाय कर असुली गरी व्यवसाय दर्ता गर्ने । |
| |
सार्वजनिक सडकमा निर्माण सामग्री राख्ने व्यक्तितथा संस्थाहरुले जरीवाना वापत प्रतिदिन रु.२०००।०(दूईहजार)असुल गरिनेछ । |
| |
सडकमा अव्यवस्थित रुपले निषेधित क्षेत्रमा पार्किगं गरिएका टेंकर, लहरी, ट्रिपर जस्ता सवारी साधनहरुलाई प्रतिदिन रु.३०००।० जरीवाना लिईनेछ । |
| |
महानगर क्षेत्रमा वातावरणीय ध्वनि प्रदुषण गराउने व्यक्ति, संघ तथा संस्थाहरुले पहिलो पटक रु.५००।०, पटक पटक रु. १०००।० जरीवाना लिईनेछ । |
| |
नगर क्षेत्रभित्र जथा भावी फोहर फ्याक्ने व्यक्तिलाई पहिलो पटक रु.५००।, पटक पटक रु.५०००। जरीवाना गर्ने । |
| |
नगर क्षेत्रभित्र जथाभावी फोहर फ्याक्ने संघ संस्थालाई पहिलो पटक रु.५००००।, पटक पटक रु.१०००००। जरीवाना गर्ने साथै प्रयोग भएका सवारी साधनलाई पहिलो पटक रु.१५०००।, पटक पटक रु.२५०००। जरीवाना गर्ने । |
| |
महानगरपालिकाले लगाउने ठेक्कापट्टा कारोवार रकममा १.५ प्रतिशतका दरले नपा कर लाग्नेछ । |
| |
महानगरपालिकासंग रहेको एक्साभेटर र रोलर मेशीनको इन्धनबाहेकको भाडावापत क्रमशः रोलरको प्रति दिन रु.६०००। र एक्साभेटरको प्रतिघण्टा रु.१५००।, पानी टेङ्कर प्रति दिन रु। ३०००। असूली गरिनेछ । |
| |
संक्षिप्त वातावरणीय अध्ययन सिफारीश दस्तुर रु.५०००। असुली गरिनेछ । |
| |
प्रारम्भिक वातावरणीय परीक्षण(IEE)सिफारीश दस्तुर रु.१००००। असुली गरिनेछ । |
| |
वातवारणीय प्रभाव मूल्यांन(EIA)सिफारीश दस्तुर रु.१५०००। असुली गरिनेछ । |
| |
मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार गर्ने हरेक व्यवसाय दर्ता तथा नविकरण गर्दा लाग्ने करबाहेक महानगरपालिका स्तरमा “विपन्न स्वास्थ्य उपचार सहयोग कोष”मा वार्षिक एकमुष्ठ निम्नानुसार योगदान गर्नुपर्नेछ । |
| क्र.स. | कारोवार विवरण | साना | मझौला | ठूला | थोक | आयातनिर्यात |
| १ | मदिरा उत्पादन तथा व्यापार | २००० | ३५०० | ५००० | ५००० | १०००० |
| २ | सुर्तिजन्य पदार्थ उत्पादन तथा व्यापार | २००० | ३५०० | ५००० | ५००० | १०००० |