ताजा समाचार
सूचना तथा समाचार
Post date | ||
---|---|---|
निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण |
आज मिती २०७४/०३/२७ मा विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख श्री भीम पराजुली, उप-प्रमुख श्री इन्दिरा कार्की लगायत १९ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुले विरेन्द्र सभागृहमा सम्पन्न कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो। कार्यक्रममा व्यवस्थापिका संसदका सभासद, क्षेत्रीय निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, संचारकर्मी, राजनितिक दलका प्रतिनिधि लगायत अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिती थियो। कार्यक्रम पश्चात नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाका कर्मचारीहरुद्वारा नगर कार्यपालिकाको कार्यालयमा स्वागत गरीयो। |
07/11/2017 - 16:04 |
बोलपत्र आह्वानको सूचना (श्री तारीणी प्रसाद कोइराला संचारग्राम) |
यस सम्बन्धी विस्तृत विवरण www.bolpatra.gov.np/egp मा उपलब्ध छ। पुरा सूचना पढ्न संलग्न सूचना डाउनलोड गर्नुहोस। |
06/19/2017 - 10:00 |
बोलपत्र आह्वानको सूचना (एयरपोर्ट मार्ग स्तरोन्नति) |
पुरा सूचना पढ्न तलको फाइल डाउनलोड गर्नुहोस। |
01/19/2017 - 12:17 |
नगर पारिषद सम्पन्न |
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत श्री दिपक कोइरालाद्वारा मिति २०७३।९।२८ गते विहिबार ३३ औं नगर परिषद बाट पारित आ.व. २०७४/०७५ को वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकिकरण गरियो । |
01/18/2017 - 15:10 |
बनिसकेका घरको नक्सा दर्ता प्रक्रिया खुलेको सुचना |
नक्सा पास नगरी २०७० साल असार मसान्त अगाबै बनिसकेका घरहरु र हाल स्वीकृत सडक मापदण्डमा परेको खण्डमा घरको के कति भाग सडक मापदण्डमा पर्छ त्यसलाई आफ्नै खर्चमा १ बर्ष भित्रमा भत्काई सक्ने सर्तनामा गरी दर्ता गर्ने र नभत्काए दर्ता भएको मिसिल स्वतः रद्ध हुने गरी मिति २०७३ चैत्र मसान्त भित्र दर्ता गर्न ल्याएमा लागेको राजस्वको ५० प्रतिशत जरिवाना लिई नक्सा पास गर्ने भन्ने मिति २०७३/०९/२८ को ३३ औ नगर परिषदको निर्णय अनुसार यो सूचना सर्वसाधारणका लागी जारी गरिएको छ। |
01/17/2017 - 11:57 |
भवन निर्माण मापदण्ड |
विराटनगर उपमहानगरपालिको नगर क्षेत्र भित्र भवन निर्माण गर्दा घर नक्सा पासला लागी तोकिएको सडक/भवन मापदण्ड |
10/11/2015 - 11:45 |
Citizen Charter |
06/01/2015 - 12:34 | |
एकिकृत नगर प्रोफाइल २०६७ |
02/02/2014 - 12:58 |