विराटनगर महानगरपालिकामा २०२५ साल देखी निरन्तर रुपमा ऐतिहासिक रुपमा संचालन हुँदै आएको श्रीकृष्णको रथयात्रा महोत्सवको अवसरमा नगर कार्यपालिकाबाट स्विकृत नगर कार्यपालिका नगर (कार्यसम्पादन) नियमावली २०७४ को अनुसूचि १ बमोजिम मिति २०७४/०४/२७ गते बसेको नगर कार्यपालिका बैठकबाट विराटनगर महानगरपालिका क्षेत्रमा श्रीकृष्ण रथयात्राको दिन मिति २०७४/०४/३१ गते मंगलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा अनुरोध छ। विराटनगर महानगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक नीजि संघ संस्थाहरुमा समेत सार्वजनिक बिदाको सूचना प्रवाह गरी सहयोग गरिदिन अनुरोध छ।
|