FAQs Complain Problems

सूचना तथा समाचार

sort descending Post date

बनिसकेका घरको नक्सा दर्ता प्रक्रिया खुलेको सुचना

नक्सा पास नगरी २०७० साल असार मसान्त अगाबै बनिसकेका घरहरु र हाल स्वीकृत सडक मापदण्डमा

परेको खण्डमा घरको के कति भाग सडक मापदण्डमा पर्छ त्यसलाई आफ्नै खर्चमा १ बर्ष भित्रमा भत्काई

सक्ने सर्तनामा गरी दर्ता गर्ने र नभत्काए दर्ता भएको मिसिल स्वतः रद्ध हुने गरी मिति २०७३ चैत्र मसान्त

भित्र दर्ता गर्न ल्याएमा लागेको राजस्वको ५० प्रतिशत जरिवाना लिई नक्सा पास गर्ने भन्ने मिति २०७३/०९/२८

को ३३ औ नगर परिषदको निर्णय अनुसार यो सूचना सर्वसाधारणका लागी जारी गरिएको छ।

01/17/2017 - 11:57

अन्तर्वार्ता सम्बन्धी सूचना

नगर प्रहरीको विभिन्न पदका लागि शारिरिक तन्दुरुस्ती परिक्षण तथा छनौट प्रक्रियामा सफल भएका उम्मेदवारहरुको प्राप्त नामावली अनुसारका उम्मेदवारहरुको अन्तर्वार्ता सम्बन्धी सूचना

12/13/2019 - 12:12

नतिजा प्रकाशन सम्बन्धी सूचना

नगर रक्षकका विभिन्न पदहरुका लागि छनौट हुनुभएको उमेद्वारहरुको नामावली प्रकाशन गरिएको छ।

12/11/2019 - 11:24

RUDP प्रोजेक्टबारे भिडियो रिपोर्ट

नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम पुर्वाधारमा विराटनगर महानगरपालिकामा संचालन भइरहेको RUDP प्रोजेक्टबारेको भिडियो रिपोर्ट:-  https://youtu.be/HugyIIqRvPQ?t=2m53s 

04/19/2018 - 14:34

[श्री सहकारी संस्थाहरू सबै] तालिमको जानकारी तथा सहभागिता सम्बन्धी सूचना

नोट : भाद्र मसान्तसम्म कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ |

08/25/2022 - 16:59

बोलपत्र आह्वानको सूचना (एयरपोर्ट मार्ग स्तरोन्नति)

पुरा सूचना पढ्न तलको फाइल डाउनलोड गर्नुहोस।

01/19/2017 - 12:17

फोहोरमैला व्यवस्थापनमा साझेदारी गर्नको लागि सार्वजनिक आशयपत्रको आव्हान।

प्रकाशित मिति-२०७७/१२/३०, अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक

04/12/2021 - 13:40

सहकारी संस्थाहरु सम्पर्कमा आउने सम्बन्धी सूचना।

प्रकाशित मिति: २०७९/०८/११, हाम्रोमत राष्ट्रिय दैनिक।

11/29/2022 - 12:50

रोजगार सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना।

प्रथम पटक प्रकाशित मिति: २०७९/०३/२५ गते, गोरखापत्र राष्ट्रिय दैनिक।

07/13/2022 - 14:51

प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको बारे

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा यहि असार २८ गते विराटनगरको जैन भवनमा आयोजना गर्न लागिरहेको प्रथम प्रादेशिक रोजगार मेला २०७६ को Online आवेदन फारम खुल्ला गरिएको छ । यस विराटनगर महानगरपालिका क्षेत्रभित्रका १८ वर्ष पुरा भइ बेरोजगार रहनुभएका र रोजगारीका लागि इच्छुक नेपाली नागरिकहरुले देहायको Link मा गई Online फारम भर्न सक्नुहुनेछ।

रोजगारी आवदेन फारमको link देहाय बमोजिम रहेको छ ।
https://forms.gle/AjnJE43MsPkX1QGz6

07/03/2019 - 11:08

सार्वजनिक सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा संलग्न हुनका लागि इच्छुक बेरोजगार व्यक्तिहरुले आफुले बसोबास गरेको सम्बन्धीत वडा कार्यालयमा निवदेन दिने बारेको सार्वजनिक सूचना।।

03/26/2019 - 13:32

गैर सरकारी संघसंस्थाहरुको योजना तथा कार्यक्रम पेश गर्ने बारे।

बार्षिक योजना तथा कार्यक्रम info@biratnagarmun.gov.np मा पठाउनु हुन अनुरोध छ।

06/10/2021 - 13:26

अन्तरवार्ता सम्बन्धी सूचना

मिति 2075/08/23 र 2075/09/12 गते विभिन्न प्राविधिक पदका लागि प्रकाशित सूचना अनुसार अन्तरवार्ताको लागि विज्ञापन नं. अनुसार नामावली सहित यो सूचना प्रकाशित गरिएको छ।

01/06/2019 - 14:54

महानगरपालिकाका जनप्रतिनिधिद्वारा पहिलो निर्णय

मिति २०७४/०३/२७ मा महानगरपालिकाका जनप्रतिनिधिद्वारा देहाय बमोजिमका निर्णय गरियो ।

07/11/2017 - 16:35

सार्वजनिक विदा सम्बन्धि सूचना

मिति २०७६/०४/२७ गते सोमवारका  दिन सार्वजनिक विदा सम्बन्धि सूचना 

08/11/2019 - 16:50

प्रमुख जिल्ला अधिकारीद्वारा जारी निषेधाज्ञा आदेश

मिति २०७७/०५/०५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भए बमोजिम मिति २०७७/०५/०५ गते राती  १२ बजे देखि मिति २०७७/०५/१० गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ।

08/21/2020 - 18:57

[२०७७/०५/१०] निषेधाज्ञा आदेश

मिति २०७७/०५/१० गते जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भए बमोजिमको निषेधाज्ञा आदेश।

08/26/2020 - 19:17

बोलपत्र स्वीकृत गर्ने आसयको सुचना [प्रकाशित मिति: २०७९/११/०१]

मिति २०७९/११/०१ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित 

02/13/2023 - 17:03

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

मिति: २०७८ फाल्गुन ४ गते बुधवार हिमालय टाइम्स दैनिकमा प्रकाशित।

Link: https://ehimalayatimes.com/epapers#page/10

 

02/16/2022 - 11:38

दरभाउपत्र आव्हानको सूचना

यस आ.ब. २०७४/०७५ मा तपसिल अनुसारको योजनाहरुको मर्मत संभार (सडक वोर्ड समेत) दरभाउपत्र आव्हान गरी गराउने निर्णय भएको हुँदा इजाजत प्राप्त निर्माण व्यवसायीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ औँ दिन भित्र खरिद गरी (दरभाउपत्र दस्तुर पछि फिर्ता नहुने गरी) विराटनगर महानगरपालिकाको नाममा सिलबन्दी दरभाउपत्र दर्ता गराउन सम्बन्धित जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

12/21/2017 - 12:55

नामावली प्रकाशन सम्बन्धमा

यस महानगरपालिकाबाट मिति २०७७/०२/०९ र मिति २०७७/१०/१६ मा प्रकाशित १५ दिने सार्वजनिक सूचना अनुसार आवश्यक प्राविधिक जनशक्ति (स्वास्थ्य सेवा समूहतर्फ मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अ.हे.ब, अ.न.मि. र ईन्जिनियरिङ सेवा समूहतर्फ सिभिल सब- इन्जिनियर) सेवा करारमा लिन विज्ञापन भएकोमा उक्त सूचना बमोजिम दर्ता हुन आएका नामावली।

02/19/2021 - 13:17

बोलपत्र आह्वानको सूचना (श्री तारीणी प्रसाद कोइराला संचारग्राम)

यस सम्बन्धी विस्तृत विवरण www.bolpatra.gov.np/egp मा उपलब्ध छ।

पुरा सूचना पढ्न संलग्न सूचना डाउनलोड गर्नुहोस।

06/19/2017 - 10:00

सहयोगको लागी अपिल

वाढी पिडित लागि सहयोग गर्न इच्छुक महानुभावहरूले बिराटनगर महानगरपालिकाको कृषि विकास बैंक स्थिति विपत व्यवस्थापन कोष खाता नम्बर ०६०१६०११४५९८३०८३ मा रकम जम्मा गर्न सक्नु हुनेछ । सहयोगका लागी धन्यवाद ।।

08/14/2017 - 11:57

नगर पारिषद सम्पन्न

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत श्री दिपक कोइरालाद्वारा मिति २०७३।९।२८ गते  विहिबार  ३३ औं नगर परिषद बाट पारित  आ.व. २०७४/०७५ को वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकिकरण गरियो ।

01/18/2017 - 15:10

भवन निर्माण मापदण्ड

विराटनगर उपमहानगरपालिको नगर क्षेत्र भित्र भवन निर्माण गर्दा घर नक्सा पासला लागी तोकिएको  सडक/भवन मापदण्ड

10/11/2015 - 11:45

नतिजा प्रकाशित गरिएको बारे।

विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय मार्फत महानगरपालिकाले आ.व.२०७४/७५ मा स्वास्थ्य प्रवर्धन कार्यक्रम संचालनार्थ सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धमा मिति २०७५/०१/११ गते देखि ३० गते सम्म लिएको अन्तरवार्ताको नतिजा प्रकाशित गरिएको छ।

05/27/2018 - 14:05

शोक विदा सम्बन्धी सूचना

विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य श्री राजेश भुजेलज्यूको आज मिति २०७६/१०/२० गते असामयिक निधन भएको हुदा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भोलि मिति २०७६/१०/२१ गते शोक विदा हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ |

02/03/2020 - 16:16

नगर सभामा उपस्थित भैदिने बारे

विराटनगर महानगरपालिकाको मिति २०७४/०४/२७ गते बसेको नगर कार्यपालिका बैठकबाट मिति २०७४/०५/१८ गते आइतबार विराटनगर महानगरपालिकाको नगरसभा हुने निर्णय भएको व्यहोरा अनुरोध छ। सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उपस्थितिका लागी अनुरोध गरीन्छ।

08/11/2017 - 16:58

उमेद्वार सिफारिश सम्बन्धी सूचना

विराटनगर महानगरपालिकाको विभिन्न विज्ञापन शीर्षक अन्तर्गतका प्राविधिक पदका लागि  मिति २०७५/०८/२३ र २०७५/०९/१२  गते प्रकाशित  सेवा करारमा लिने सम्बन्धी सूचना अनुसार अन्तरवार्तामा उपस्थित उमेद्वारको शैक्षिक योग्यता, अनुभव, स्थायी ठेगाना र अन्तर्वाता समेतको अंकका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले सेवा करार सम्झौताका लागि सिफारिश गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

04/21/2019 - 16:54

नगर सभाको मिति परिवर्तन भएको बारे

विराटनगर महानगरपालिकाको  मिति २०७४/०५/१८ गते आइतबार हुने भनिएको  नगरसभा भर्खरैको बाढीबाट उत्पन्न भएका समस्याहरुलाई मध्यनजर गर्दै मिति २०७४/०५/१८ गते को सट्टा २०७४/०५/२३ गते दिनको १ः०० बजे बाट हुने निर्णय भएको व्यहोरा अनुरोध छ। सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उपस्थितिका लागी पुनः अनुरोध गरीन्छ।

08/25/2017 - 13:05

Pages