ताजा समाचार
सम्पत्ति कर
सि.न. | सिलिङ मूल्यांकन | प्रस्तावित मुल्यांकनका आधारमा तोकिएको करका दर |
१ | ३० लाख सम्म | १० लाख सम्म रु.१०० |
२० लाख सम्म रु.२०० | ||
३० लाख सम्म रु४०० | ||
२. | त्यसपछिको थप रु २० लाख सम्म | ०.०५ प्रतिशत |
३ | त्यसपछिको थप रु ५० लाख सम्म | .१० प्रतिशत |
४ | त्यसपछिको थप रु १ करोड सम्म | .१५ प्रतिशत |
५ | त्यसपछिको थप रु १ करोड सम्म | .२५ प्रतिशत |
६ | त्यसपछिको जतिसूकै रुपियां भएपनि | .५० प्रतिशत |
द्रष्टब्यःह्रासकट्टिको हिसाव गर्दा घट्दो मुल्यको आधारमा गरिनेछ ।
सि.न. | घरको विवरण | निर्धारण गरिएकोकरका दर रु. | प्रतिवर्ष ह्रासकट्टि दर प्रतिशत | कट्टि गर्ने जम्मावर्ष |
१. | भित्रकांचो वाहिर पाको ईटामा माटो जोडाई भएको वा काठै काठवाट बनेको र जस्ता,झिगटी,टायल,एसवेस्ट्सको छानाभएको घर | ५०० | ३ | २५ |
२. | लोडबेरीगं घर | ६५० | १ | ३० |
३. | फ्रेम स्ट्रक्चर घर | १५०० | ०.७५ | ७० |
४. | आर.सि.सि. फ्रेम स्टक्चरमा लिफ्ट÷एस्कालेटर जडान भएको घर | २००० | ०.७५ | ७५ |
५ | स्टील फ्रेम स्ट्रक्चर, फ्रविङट्स, फाईवर वा यस्तै संरचना । | १६०० | १ | १०० |
१. कांचो ईटा वा माटोको गारो वा बांस काठको टाटि भै फूस, छ्वाली, खर, पराल र जस्ता वा टीनको छानाभएको तथा अस्थायी प्रकृतिको घरको मुल्यांकन गरिने छैन ।
२. सम्पत्तिकर मूल्यांकन गर्दा घरले चर्चेको जमिनको क्षेत्रफल बराबर सम्म थपगरी कायम भएको घरको मूल्यांकन गर्ने र बांकी जग्गाको मुल्यांकन भूमिकर लिईनेछ । सम्पत्तिकर बूझाएको क्षेत्रफल बरावरको जमिनमा मालपोत लाग्ने छैन ।
३. सम्पतिकर लाग्ने क्षेत्रहरुको जग्गाको मुल्यांकनगर्दा आ.व. २०७६/०७७ का लागि मालपोत कार्यालयवाट रजिष्टेशन प्रयोजनका लागि तोकेको दर बमोजिम मूल्यांकन गरिनेछ ।
४. जग्गाको मुल्यांकनगर्दा जून प्रयोजनका लागि सो जग्गा छूट्याईएको हो वा नक्सापास गरिएको हो सोही प्रयोजनका लागि प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग भएको पाईएमा शत प्रतिशत कर निर्धारण गरि असूल गरिनेछ ।
५. पराल, बांस तथा खपटाबाट निर्माण भएका घरको सेवाशूल्क प्रतिवर्ष रु.१००।०० असूली गर्ने ।
६. टिनाको छाना र इटाको जोडाईबाट निर्माण १० धुरसम्मको जग्गामा निर्माण भएको घरको रु.५००।०० सेवा शुल्क असूली गर्ने ।
७. टिनाको छाना र इटाको जोडाईबाट निर्माण १ कठ्ठा सम्मको जग्गामा निर्माण भएको घरको रु.८००।०० सेवाशुल्क असूली गर्ने ।
८. सम्पतिकर आ.व.२०७७/०७८ को ३ महिनाभित्र (असोज महिना) वूझाएमा गत आ.व. मा लाग्ने जरिवानालाई छूट गरिने छ । उक्त समय अवधिभित्र नवूझाएमा राजस्व संकलन तथा व्यवस्थापन कार्यविधिले तोके बमोजिम सम्पतीकरमा जरिवाना लाग्नेछ ।
९. नगरको पुर्वाधार विकासका लागी सम्पत्तिकरको ३० लाख मूल्यांकन सम्म रु.२००।, ३० लाख देखि ५० लाखसम्मको मूल्यांकनलाई रु.५००।, ५० लाख देखि १ करोडसम्म रु.१०००।, १ करोड देखि ३ करोडसम्म रु.५०००। र ३ करोडभन्दा माथी रु.१०,०००। पुर्वाधार दस्तूर लिने विगतको निणर््ँयलाई निरन्तरता दिने निर्णय गरियो ।
१०. बहुतले सामुहिक आवास (अपार्टमेन्ट वा फ्ल्याट) को घरको क्षेत्रफलको हकमा जे–जति क्षेत्रफलको अपार्टमेन्ट वा फ्ल्याट राजिनामा लिखतपास गरी हकहस्तान्तरण भएको छ, सोही बराबर घरको क्षेत्रफल कायम गरिनेछ ।
११. तोकिएको अवधिभित्र बहुतले सामुहिक आवास (अपार्टमेन्ट वा फ्ल्याट) र संयुक्त आवास ( हाउजिङ्ग) अन्तर्गत निर्माण भएका तर बिक्रि हुनबाँकी अपार्टमेन्ट वा फ्ल्याट र घरको स्टकमा निर्माण अवधि समाप्त भएको मितिले २ वर्षसम्म सम्पत्ति कर लगाइने छैन ।
तर, त्यसरी विक्रि नभई स्टकमा रहेको अपार्टमेन्ट वा फ्ल्याट र घर कुनै प्रकारले उपयोग भएकोमा वा निर्माण अवधि समाप्त भएको मितिले २ वर्ष पुगेपछि त्यस्तो स्टकमा सम्पत्ति कर लगाइने छ ।