FAQs Complain Problems

कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड-२०७७

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संकमण विराटनगर महानगरपालिका क्षेत्रभित्र तीब्र गतिमा दिन प्रतिदिन बढ्दै गइरहेको र यसको संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्था छ । बढ्दो संक्रमण दरका कारण संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । संक्रमितहरूको व्यवस्थापनका सन्दर्भमा अस्पतालमा नै भर्ना भई उपचार आवश्यक नभएका , संक्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई छुट्टै आइसोलेशन केन्द्रमा वा घरमा नै आइसोलेसन ( होम आइसोलेसन ) मा राखी उपचार गर्नुपर्ने भएकोमा होम आइसोलेसनका लागि तोकिए बमोजिमको न्युनतम मापदण्ड नभएको अवस्था र आइसोलेसन केन्द्रमा बेड खाली नभएको अवस्थामा तत्काल आइसोलेसनमा बस्नको लागि विराटनगर महानगरपालिकाबाट सञ्चालन हुनेगरी “ आइसोलेसन सेन्टर " को परिकल्पना गरिएको छ । उक्त आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार , जनशक्ति र फोहोर व्यवस्थापन लगायतका अन्य प्राविधिक विषयहरुको न्युनतम मापदण्ड निर्धारण गर्न आवश्यक भएकोले विराटनगर महानगरपालिकाले "कोभिड -१९ संक्रमितहरुको आइसोलेसन सेन्टर सम्बन्धी मापदण्ड २०७७" जारी गरेको छ ।