FAQs Complain Problems

नागरिक वडापत्र

विराटनगर महानगरपालिकाले नगरवासीहरुको नाममा जारी गरेको नागरिक वडा पत्र

१) वडा कार्यालय नागरिकता प्रमाणपत्र, जन्मदर्ता, विवाह दर्ता, मृत्यू दर्ता, बसाई सराईको सिफारिसहरु सम्बन्धित वडा समितिको कार्यालय वाट हूनेछ।

क) नागरिकता प्रमाणपत्र सिफारिश

   *देहायका आवश्यक पर्ने प्रमाणपत्रहरु संलग्न गरि निवेदन दिएमा निवेदन दर्ता भएको समयले बढीमा २४ घण्टा भित्र सिफारिश उपलब्ध हूनेछ ।

    आवश्यक पर्ने कागजातः
    *प्रमाणित प्रतिलिपि तर आवश्यक भएमा सक्कल समेत देखाउनू पर्नेछ

    १. बाबू-आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

    २. कान देखिने हालै खिचेको पासपोर्ट साईजको फोटो

    ३. अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्म मिति खोलेको विद्यालयको प्रतिलिपी

    ४. अन्य व्यक्तिको हकमा जन्म मिति उल्लेख भएको प्रमाणपत्रको प्रतिलिपि

    ५. बसाई सराई गरि आएको भए बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि

    ६. वैवाहिक सम्बन्ध अंगीकृतको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

    ७. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

    ८. मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपि

    ९. बैवाहिक अंगीकृतको लागि विदेशी नागरिकता त्यागको वा त्याग्ने कार्वाही चलाएको प्रमाण (जस्तै पत्राचार गरेको पत्रको वोधार्थ कपि

       र पत्र पठाएको आधिकारिक प्रमाण)

   १०. चालू आ.व. सम्मको न.पा. लाई तिर्नू पर्ने सम्पु्र्ण कर तिरेको प्रमाण

   ११. नागरिकता प्रमाणपत्र सिफारिस प्राप्तिका लागि लाग्ने दस्तूर रु.१०। दश बूझाउनू पर्नेछ ।

       क) प्रतिलिपि दस्तूर रु.१०।

       ख) अंगीकृत सिफारिश दस्तूर रु.१५०।

२) कानुन तथा न्याय शाखा

   क) संस्था दर्ता एवं नवीकरणको सिफारिश
       *नगरपालिका क्षेत्रभित्र संस्था दर्ता एवं नवीकरणको सिफारिश चाहिएमा देहायका प्रमाणहरु संलग्न गरि निवेदन पेश गरेमा सोहि दिन
        सिफारिश उपलब्ध गराइनेछ ।

      आवश्यक पर्ने कागजातः

      १. संस्थाको विधान

      २. संस्थाका पदाधिकारीहरुको नागरिकताको प्रमाणित प्रतिलिपि

      ३. नवीकरणको हकमा अडिट रिपोर्ट र संस्था दर्ता प्रमाण(पत्रको प्रमाणित प्रतिलिपि पेश गर्नूपर्नेछ ।

      ४. सेवा शूल्क, दस्तूर रु.५०५।
      
   ख) नाता प्रमाणित प्रमाणपत्र
       *निवेदन दर्ता भएको मितिले २४ घण्टा भित्र उपलब्ध गराइने छ ।

       आवश्यक पर्ने कागजातः
        *प्रमाणित प्रतिलिपि तर आवश्यक भएमा सक्कल समेत देखाउनू पर्नेछ ।

       पतिपत्नी, बाबूछोरा, आमाछोरा बिच पैैतृक जेथा नामसारी बैदेशिक प्रयोजन तथा पारिवारिक पेन्सन नामसारीका लागि नाता

       प्रमाणित गर्दा पतिको मृत्यु भएको रहेछ र पति संग पत्नी र छोराछोरीहरुले नाता प्रमाणित गर्नू परेमा ।

       १. पतिको मृत्यु दर्ता प्रमाणपत्र ।

       २. पत्नीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

       ३. बाहिरी जिल्ला वा गा.वि.स. न.पा.को नागरिकता प्रमाणपत्र भए बसाई सराइर्को प्रमाणपत्र ।

       ४. १६ वर्ष उमेर पूगेको भए वा छोरा वा छोरीको नागरिकता प्रमाणको प्रतिलिपि, उमेर नपूगेको हकमा

          जन्मदर्ता प्रमाणपत्र ।

       ५. हालै खिचिएको पासपोर्ट साइजको फोटो ।

       ६. लालपुर्जाको प्रतिलिपि ।

       ७. पेन्सनहरुको हकमा प्रयोजन हेरि संयूक्त फोटो ।

       ८. पेन्सनहरुको हकमा नाम, नम्बर, रेट, पद, पत्नीको नाम देखिने पेन्सन पट्टाको प्रतिलिपि संलग्न राख्नू पर्ने ।

       ९. पिताको मृत्यु भएको छोराले पितासँग नाता प्रमाण्ति गर्नूपर्दा पिताको मृत्युदर्ता प्रमाणपत्र, छोरीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

          राखी सम्बन्धित वडाका वडाध्यक्षको सिफारिस साथ न.पा. कार्यालयमा निवेदन गरेमा आवश्यक जाचंबूझ एंव छानबिन गरिनेछ ।

       १०. चालू आ.व.को न.पा. लाई तिर्नूपर्ने सम्पु्र्ण कर र शूल्क तिरेको प्रमाण ।

       ११. नाता प्रमाणित प्राप्तिका लागि प्रतिव्यक्ति लाग्ने दस्तूर रु.२५। बूझाउनू पर्ने ।

       १२. वडा समितिको सर्जमिन सहितको सिफारिश ।

    ग) उद्योग स्थापना सिफारिस
        *न.पा.मा उद्योग स्थापनाका लागि सिफारिश माग गर्दा देहायका प्रमाणहरु आवश्यक हूने र उक्त प्रमाणहरु संलग्न गरि निवेदन दिएमा
         दर्ता भएको मितिले २४ घण्टा भित्र पत्र उपलब्ध हूनेछ ।

       आवश्यक पर्ने कागजातः
        *प्रमाणित प्रतिलिपि तर आवश्यक भएमा सक्कल समेत देखाउनू पर्नेछ ।

       १. घरेलू तथा साना उद्योग कार्यालयको पत्र ।

       २. चारकिल्ला संधियारहरुको लिखित सहमति र सम्बन्धित वडा समितिको सिफारिश ।

       ३. सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।

       ४. उद्योग स्थापना गर्ने स्थानको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) र घरभएमा नक्सापास प्रमाणपत्र ।

       ५. चालू आ.व. सम्मका न.पा.लाई तिनूपर्ने सम्पुर्ण कर र शूल्क तिरेको प्रमाण ।

       ६. उद्योग स्थापना सिफारीसका लागि दस्तूर बूझाउनूपर्ने छ ।

          (क) उद्योग दर्ता प्लाष्टिक उद्योग टायर रिसोलिङ्ग उद्योग केमिकल उद्योग जस्ता प्रदुषण फैलाउने उद्योगको सिफारीसमा

               न.पा.ले तोके बमोजिम रु.२०००। देखि १००००। सम्म ।

          (ख) उद्योग दर्ता साना मझौला प्रदुषण नफैलाउने जस्ता उद्योगहरुको सिफारीस १००५।

   घ) मृत्यू प्रमाणित (२०३४ सालभन्दा अगाडि)
       *नगरपालिका भित्र बसोबास गरेकाहरु मध्येबाट कसैको मृत्यु भएको अवस्थामा सो को प्रमाणित माग गर्दा देहायका प्रमाणहरु आवश्यक
        हूने र उक्त प्रमाणहरु संलग्न गरी निवेदन दिएमा निवेदन दर्ता भएका मितिले बढीमा २४ घण्टा भित्र सिफारीश पत्र उपलब्ध गराइनेछ ।

      आवश्यक पर्ने कागजातः
       *प्रमाण प्रतिलिपि तर आवश्यक भएमा सक्कल समेत देखाउनू पर्ने छ ।

      १. सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।

      २. चालू आ.व.को न.पा.लाई तिर्नूपर्ने सम्पुर्ण कर र शूल्कः तिरेको प्रमाण ।

      ३. मृत्यु प्रमाणित सिफारिशसका लागि लाग्ने १००।०० पर्ने छ ।

   ङ) सेवा प्रमाणित सिफारिश
       *न.पा.मा बसोबास प्रमाणितका लागि सिफारीस माग गर्दा देहायका प्रमाणहरु आवश्यक हूने र उक्त प्रमाणहरु संलग्न गरी निवेदन दिएमा
        दर्ता भएका मितिले २४ घण्टा भित्र सिफारीश पत्र उपलब्ध गराईनेछ ।

      आवश्यक पर्ने कागजात:
​       *प्रमाण प्रतिलिपि तर आवश्यक भएमा सक्कलसमेत देखाउनूपर्ने छ ।

      १. सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र

      २. चालू आ.व.सम्मको न.पा.लाई तिर्नूपर्ने सम्पुर्ण कर र शूल्क तिरेको प्रमाण ।

      ३. बसोबास प्रमाणित सिफारीसका लागि लाग्ने दस्तूर रु. २०५।०० बूझाउनू पर्ने छ ।

   च) सम्बन्ध विच्छेद
       *जिल्ला अदालतवाट फैसला भए वमोजिम फैसलाको प्रमाणित प्रतिलिपि राखि पति वा पत्नीवाट सम्बन्ध विच्छेद दर्ता गराउन सकिनेछ ।

       आवश्यक कागजातः

       १. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

   छ) चारकिल्ला प्रमाणितको सिफारिश

       आवश्यक कागजातः

       १. सम्बन्धित वडाको सिफारिस

       २. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

       ३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

       ४. घर भए चालू आ.व.को घरजग्गाकर तिरेको प्रमाणको प्रतिलिपि

       ५. चालू आ.व. मा मालपोत तिरेको प्रमाणको प्रतिलिपि

       ६. नापी नक्साको सक्कल प्रति

   ज) घरजग्गा मुल्यांकन
       *न.पा.मा घरजग्गा मुल्यांकन माग गर्दा देहायका प्रमाणहरु आवश्यक हूने र उक्त प्रमाणहरु संलग्न गरी निवेदन दर्ता भएको समयले बढीमा
        २ दिनभित्रमा मुल्यांकन पत्र उपलब्ध हूनेछ ।

       आवश्यक पर्ने कागजात:
        *प्रमाणित प्रतिलिपि तर आवश्यक भएमो सक्कल समेत देखाउनू पर्ने छ ।

       १. जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)

       २. चालू आ.व.को मालपोत (तिरो) तिरेको रसिद ।

       ३. घरनक्सा प्रमाणपत्र ।

       ४. सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।

       ५. चालू आ.व.सम्मको न.पालाई तिनूपर्ने शूल्क तिरेको प्रमाण ।

       ६. सम्बन्धित वडासमितिको किटानी सिफारीश (सक्कल) ।

    झ) जन्म मिति प्रमाणित सिफारीश
        *२०३४ सालभन्दा अगाडी जन्मेको नगरपालिका भित्र बसोबास गरेकाहरु मध्येबाट कसैले जन्म मिति प्रमाणितको सिफारीश माग गर्दा देहायका
         प्रमाणहरु आवश्यक हूने र उक्त प्रमाणहरु संलग्न गरि निवेदन दिएमा निवेदन दर्ता भएको मितिले बढीमा २४ घण्टाभित्र (सर्जमिन गर्नूपर्ने
         भएकोले) सिफारीश पत्र उपलब्ध हूनेछ ।

       आवश्यक पर्ने कागजात:
        *प्रमाण प्रतिलिपि तर आवश्यक भएमा सक्कल समेत देखाउनू पर्ने छ ।

        १. सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण(पत्र प्रतिलिपि ।

        २. चालू आ.व.सम्मको न.पा.लाई तिर्नूपर्ने सम्पुर्ण कर र शूल्क तिरेको प्रमाण प्रतिलिपि ।

        ३. जन्ममिति प्रमाणित सिफारीशका लागि लाग्ने रु. १००।०० बूझाउनू पर्ने छ प्रतिलिपि ।

    ञ) नाम, थर संशोधन सिफारिश
         *न.पा.मा सिफारिश माग गर्दा देहायका प्रमाणहरु आवश्यक हूने र उक्त प्रमाणहरु संलग्न गरि निवेदन दिएमा निवेदन दर्ता भएको मितिले
          बढीमा ३ तिन दिन ( सर्जमिन गर्नूपर्ने भएकाले) भित्र सिफारिस उपलब्ध गराइनेछ ।

       आवश्यक पर्ने कागजात:
        *प्रमाणहरुको प्रतिलिपि तर आवश्यक भएमा सक्कल समेत देखाउनू पर्नेछ ।

        १. सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।

        २. चालू आ.व. सम्मको न.पा. लाई तिर्नूपर्ने सम्पुर्ण कर र शूल्क तिरेको प्रमाण ।

        ३. नाम, थर फरक परेको सम्बन्धित कागजात ।

        ४. नाम, थर कित्ता संशोधन सिफारिशका लागि लाग्ने रु.५५। दस्तूर बूझाउनू पर्नेछ ।

    कानुन तथा न्याय शाखा सम्बन्धि जानकारीका लागि सम्बन्धित शाखा प्रमूख शारदा थपलिया संग सम्पर्क गर्नूहून ।

३) राजश्व व्यवस्थापन शाखा

   क) शूल्क, कर, दस्तूर आदि सम्बन्धि कार्यहरु
     यस शाखा वाट राजश्व शूल्क कर दस्तूर सम्बन्धि कार्य गरिन्छ । शूल्क, कर, दस्तूर आदि कार्य आईतबारदेखि शूक्रबारसम्म कार्यालय समयमा
     गरीनेछ ।

   ख) घरजग्गा कर
      आवश्यक कागजातः

      १. जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि

      २. घरको नक्सापास सम्पन्न प्रमाणपत्रको प्रतिलिपि

      ३. नक्साको प्रतिलिपि

      ४. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

      ५. चालू आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि

  ग) साबिक करदाताका लागि

     १. गत आ.व.मा बूझाएको घरजग्गाकर निर्धारण विवरण

     २. चालू आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि

४) राजश्व शाखा

   क) सवारीकर

       आवश्यक कागजातः सवारी साधनको ब्लूबूकको प्रतिलिपि

५) व्यवसायकर उपशाखा

   क) व्यवसाय दर्ता तथा नवीकरण
      *यस नगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय वा पेशा, पुंजीगत लगानी र आर्थिक कारोवार गर्ने नगरवासीहरुले देहायको प्रमाणहरु संलग्न गरि
       व्यवसाय दर्ताका लागि न.पा. कार्यालयमा निवेदन पेश गरेको २४ घण्टा भित्रमा प्रमाणपत्र उपलब्ध गराइनेछ ।

      आवश्यक कागजातः

      १. व्यवसाय दर्ता फाराम निवेदन सहित वडँ समितिको सिफारिश

      २. नागरिकताको प्रतिलिपि

      ३. घरजग्गा भाडामा लिएकोमा घरधनीसंगको सम्झौतापत्र

      ४. आफनै घरजग्गामा व्यवसाय गर्नेले न.पा.मा घरजग्गाकर बूझाएको प्रमाण

      ५. हालसालै खिचेको २ प्रति फोटो

६) मालपोत उपशाखा

   क) मालपोत दस्तूर बूझाउनका लागि

      आवश्यक कागजातः जग्गाधनी प्रमाणपुर्जा वा गत आ.व.मा तिरेको रसिद

  राजश्व व्यवस्थापन शाखा सम्बन्धि अन्य जानकारीका लागि सम्बन्धित संग सम्पर्क गर्नूहून ।

७) सामूदायिक विकास शाखा, (सामाजिक सूरक्षा भत्ता)

   क) जेष्ठ नागरिक, एकल महिला भत्ताका लागि
       *यस नगरपालिका क्षेत्र भित्रमा ७० वर्ष उमेर पूगेका जेष्ठ नागरिक वा ६० वर्ष उमेर पूगेका एकल महिला र ६० वर्ष उमेर पूगेका जेष्ठ
        दलितहरुले राष्ट्रको तर्फवाट सम्मान स्वरुप दिइने भत्ताको लागि देहायकाप्रमाणहरुको आधारमा भत्ता उपलब्ध गराउन प्रकृया शूरु गरिनेछ ।

     आवश्यक कागजातहरुः

     १. निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि

     २. एकल महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाणपत्र, नाताप्रमाणित प्रमाणपत्रको प्रतिलिपि

     ३. बसाई सराई गरि आएको भए सो प्रमाणपत्रको प्रतिलिपि

     ४. हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति पासपोर्ट साइजको फोटो

  ख) पुर्ण अपाङ्ग भत्ताका लागि

     १. महिला विकास कार्यालयवाट प्रदान गरिएको रातो कार्ड पेश गर्नूपर्नेछ ।

     २. जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

     ३. पासपोर्ट साइजको फोटो २ (दूई) प्रति ।

     ४. संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र १ (एक) प्रति फोटो ।

  ग) आंशिक अपाङ्ग भत्ताका लागि

    १. महिला विकास कार्यालयवाट प्रदान गरिएको निलो कार्ड पेश गर्नूपर्नेछ ।

    २. जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

    ३. पासपोर्ट साइजको फोटो २ (दूई) प्रति ।

    ४. संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र १ (एक) प्रति फोटो ।

  घ) बालपोषण भत्ताका लागि

     १. बच्चाको जन्म दर्ता

     २. बाबू । आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

     ३. बच्चा तथा अविभावकको २, २ प्रति पासपोर्ट साइजको फोटो ।

 ङ) दलित बच्चा भत्ता
    *परिवारका १(एक) जना आमावाट जन्मेका २ जना बालबालिकाहरुलाई दलित भत्ता दिइनेछ ।

सामूदायिक विकास शाखा सम्बन्धि अन्य जानकारीका लागि सम्बन्धित महाशाखा प्रमूख संग सम्पर्क गर्नूहून ।

८)  विद्युत व्यवस्थापन शाखा

   *नगरवासीहरुले आफनो घरायसी वा व्यवसायीक प्रयोजनका लागि बिद्युत जडान गर्नू परेमा देहायका कागजातहरु र सम्बन्धित वडा कार्यालयको
    सिफारिश सहित निवेदन पेश गरेमा सोही दिन सोका लािग आवश्यक सिफारिस उपलब्ध गराइनेछ ।

   क) कच्ची घरको हकमा

      आवश्यक कागजातः

      १. सम्बन्धित वडा कार्यालयको सिफारिस ।

      २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

      ३. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि ।

      ४. चालू आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि ।

   ख) नक्सापास भएको घरको हकमा

      १. प्रथम चरणको नकसापासको इजाजत पत्र ।

      २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

      ३. जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि ।

      ४.चालू आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि ।

९) शहरी विकास तथा योजना महाशाखा

   क) खानेपानीको सिफारिश
      *नगरवासीहरुले आफनो घरायसी वा व्यवसायीक प्रयोजनका लागि खानेपानीको लाइन जडान गर्नू परेमा देहायका कागजातहरु र सम्बन्धित
       वडा कार्यालयको सिफारिश सहित निवेदन पेश गरेमा सोही दिन सोका लागि आवश्यक सिफारिस उपलब्ध गराइनेछ ।

     आवश्यक कागजातः

     १. जग्गाधनी पुर्जाको प्रतिलिपि ।

     २. चालू आ.व.को मालपोत तिरेका रसिदको प्रतिलिपि

     ३. प्रथम चरणको नकसापासको इजाजत पत्र ।

     ४. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

१०)  घरनक्सा शाखा

    क) घरनक्सा पास सम्बन्धमा

       आवश्यक पर्ने कागजातहरुः

       १. डिजाइनर वाट प्रमाणित भवनको नक्सा थान ४ (चार) पेश गर्नूपर्नेछ ।

       २. जग्गा धनिपुर्जाको प्रतिलिपि ।

       ३. जग्गाधनी प्रमाण पुर्जाको तल्ला थप भएमा पूरानो नक्साको प्रतिलिपि ।

       ४. चालू आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि

       ५. घर निर्माण गर्ने जग्गाको कि.नं. प्रष्ट र वाटो खूलेको चारकिल्ला देखिने नापि शाखाको प्रमाणित नक्सा र नामसारी भई आएको भए
          नामसारी कागज समावेश गर्र्नूपर्नेछ ।

       ६. सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।

       ७. चालू आ.व. सम्मको न.पा.लाई तिर्नूपर्ने सम्पूर्ण कर र शूल्क तिरेको प्रमाण

   ख) नक्सा पासका लागि निम्न बमोजिमको शूल्क बूझाउनू पर्ने छ ।

       १. १००० वर्गफिट सम्म सिमेन्ट जोडाई प्र.व.फिट रु.३।००

       २. १५०० वर्गफिट सम्म सिमेन्ट जोडाई प्र.व.फिट रु.५।००

       ३. २५०० वर्गफिट सम्म सिमेन्ट जोडाई प्र.व.फिट रु.७।००

       ४. २५०१ वर्गफिट सम्म सिमेन्ट जोडाई प्र.व.फिट रु.१०।००

       ५. बेसमेन्ट फलोर सिमेन्ट जोडाई प्र.व.फिट रु.१५।००

       ६. कम्पाउण्ड वाल सिमेन्ट जोडाई प्र.रनिङ्ग फिट रु.४।००

       ७. गिलेवा जोडाई प्र.व.फिट रु.२।००

       ८. काठको घर प्र.व.फिट रु.१।००

       ९. निर्माण कार्य रोक्क गर्न निवेदकले निवेदन दिदा अमिन खटाउदा दस्तूर रु.५००। लाग्नेछ ।

      १०. कित्ता घटबढ भएमा संशोधन दस्तूर रु.५००। लाग्नेछ ।

      ११. नक्सापास र सम्पन्न कागजातको प्रतिलिपि लिनूपरेमा सम्पन्नको दस्तूर रु.२६०। र नक्साको रु.५०५। लाग्नेछ ।

      १२. नक्सा दर्ता गराई टिप्पणी आदेश सहि भएको मितिले २ (दूई) वर्ष भित्र सम्पन्न लान नसकेमा तिरेको राजश्वको ५ प्रतिशत दस्तूर बूझाई

          पुनः २(दूई) वर्ष म्याद थप गरिनेछ । सो नभए नक्सा बमोजिमको घर हूदा जहिले आएपनि राजश्वको २० प्रतिशत दस्तुर बूझाएमा

          सम्पन्न लिन पाइनेछ ।

      १३. नक्सा पेश गरि पेश नक्सा बमोजिम घर नबनेमा संशोधित नक्सा पेश गर्दा २० प्रतिशत दस्तूर साथै बढेको भागको दस्तुर लाग्नेछ ।

      १४. फायल वाट अन्य कागजात प्रतिलिपि लिनूपरेमा प्रति गोटा रु.८०। लाग्नेछ ।

      १५. भुकम्पिय मापदण्ड आचार संहिता अनूरुप घर निर्माण गर्न नक्सा पेश गरि उक्त आचार संहिता अनूसार घर निर्माण नभएमा तिरेको
          दस्तूरको १०० प्रतिशत जरिवाना लिई अवस्था हेरि नक्सापास गरिनेछ ।



मापदण्ड बमोजिम नभएको नक्सा पास हूने छैन ।


      ग) घर नक्सा नामसारीको सिफारीश
          *न.पा.मा घरजग्गा नामसारीको सिफारीश गर्न देहायका प्रमाणहरु आवश्यक हूने र उक्त प्रमाणहरु संलग्न गरी निवदेन दिएमा निवेदन दर्ता
           भएको समयले २४ घण्टा भित्र घरजग्गा नामसारी सिफारीश पत्र उपलब्ध हूनेछ ।

         आवश्यक पर्ने कागजात:
          *प्रमाण प्रतिलिपि तर आवश्यक भएमा सक्कल समेत देखाउनू पर्ने छ ।

         १. अंशवण्डा वाट आएको घर नामसारी गर्नका लागि मालपोत कार्यालयवाट जारी भएको अंशवण्डाको पत्र ।

         २. घरधनिको मृत्यू भएका हकवालाको नाममा नामसारी हूदा मृत्यूदर्ताको प्रमाण्पत्र ।

         ३. मृतकसंगको नाता प्रमाणितको प्रमाणपत्रको प्रतिलिपि ।

         ४. सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।

         ५. जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि ।

         ६. चालू आ.व. सम्मको न.पा.लाई तिर्नूपर्ने सम्पुर्ण कर र शूल्कको प्रमाणपत्र ।

         ७. मालपोत कार्यालयवाट पारित भएको राजिनामा सक्कल प्रति ।

         दस्तुरः

         क) रजिष्ट्रेशन पासवाट घरजग्गा नामसारी गर्नका लागि प्रति वर्ग फिट रु.२। का दरले शूल्क लाग्नेछ ।

         ख) तीनपूस्ते भित्र बकसपत्रपास वाट आएको लाई प्रतिवर्गफिट रु.००।३० पैसा दरले शूल्क लाग्नेछ ।

        घरनक्सा शाखा सम्बन्धि अन्य जानकारीका लागि शाखा प्रमूख संग सम्पर्क गर्नूहून ।


११) महिला सशक्तिकरण तथा बालबालिका शाखा

   क) विद्यालय स्थापना एवं स्तरवृद्धिको सिफारिश
       *नगरपालिका क्षेत्रभित्र विद्यालय स्थापना एवं नवीकरण्ँको सिफारिश चाहिएमा देहायका प्रमाणहरु संलग्न गरि निवेदन पेश गरेमा सोही दिन
        सिफारिश उपलब्ध गराइनेछ ।

       आवश्यक कागजातः
       १. सम्बन्धित वडँको सिफारिश

       २. निजी विद्यालयको हकमा व्यवसाय दर्ता प्रमाण प्रमाणपत्रको प्रतिलिपिपेश गर्नूपर्नेछ ।

       ३. सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय

       ४. स्तरवृद्धि भए यस अघिको स्वीकृति

       ५. आवश्यक भौतिक पुर्वाधार भए नभएको न.पा.ले निरिक्षण्ँ गरे पश्चात न.पा.लाइै व्ययभार नपर्ने गरि सिफारिस गरिनेछ ।

       ६. सेवा शल्क, दस्तूर रु.२५००।
 

१२)  जनस्वास्थ्य शाखा


    *न.पा.मा स्वास्थ्य तथा विपद् सम्बन्धि सिफारिस माग गर्दा निवेदन दर्ता भएको मितिले बढीमा ३ तिन भित्र सिफारिश उपलब्ध गराइनेछ ।
     (स्थलगत निरिक्षण तथा सर्जमिन गर्नूपर्ने भएको हूदा)

    १. नगर स्वास्थ्य केन्द्रहरुवाट स्वास्थ्य सम्बन्धि सेवाहरु नियमित रुपमा उपलब्ध गराई रहेको ।
    
    

१३) शहरी विकास तथा योजना महाशाखा 
    क) उपभोक्ता समिति गठन गर्दा अपनाउनू पर्ने प्रकृयाः

       १. टोलबासीको सामूहिक भेला द्धारा उपभोक्ता समिति र अनूगमन समिति गठन गर्नूपर्नेछ ।

       २. उपभोक्ता समितिमा कम्तिमा ७ सात जना र अनूगमन समितिमा ५ पाच जना हूनूपर्नेछ ।

       ३ उपभोक्ता समितिमा र अनूगमन समितिमा ३३छ महिला राख्नूपर्नेछ ।

       ४. उपभोक्ता समिति गठन गर्दा वडासचिवको रोहवर अनिवार्य हूनूपर्नेछ ।

       ५. उपभोक्ता समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ (एक) जना महिला अनिवार्य हूनूपर्नेछ ।

       ६. उपभोक्ता समिति र अनूगमन समिति गठन गर्दा ध्यान दिनू पर्ने कूराहरुः

          (अ)  घरजग्गाकर तिरेको प्रमाणपत्रको (चालू आ.व.) प्रतिलिपि

          (आ) नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

          (इ)  समुह भेलाको निर्णय प्रतिलिपि सहित अन्य कागजातहरुमा वडासचिवको सहि छाप हूनूपर्नेछ ।

       ७. उपभोक्ताले किस्ता माग गर्दा अपनाउनू पर्ने प्रकृयाः

          (अ)  उपभोक्ता समितिको निर्णयको प्रतिलिपि ।

          (आ) स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्य विधि २५ को (उपदफा १४) संग सम्बन्धित अनूसुचि १३ अनूसारको

               निर्णयकोे प्रतिलिपि ।

          (इ)  आवश्यक बिल भपाई ।

       ८. उपभोक्ता समितिले अन्तिम किस्ता माग गर्दा अपनाउनू पर्ने प्रकृयाः

          (अ)  टोलवासीको भेलाको निर्णय (सार्वजनिकिकरण) प्रतिलिपि ।

          (आ) स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्य विधि ५० को (उपदफा ५) संग सम्बन्धित अनूसुचि २८ अनूसारको

               निर्णयको प्रतिलिपि ।

          (इ)  अनूगमन समितिको निर्णयको प्रतिलिपि सहित अन्तिम किस्ता निकाशको सिफारिस ।

          (ई)  उपभोक्ता समितिको निणर््ँयको प्रतिलिपि र बिल भपाईहरु ।

       ९. निर्माण कार्य गर्दा स्पष्ट बूझिने गरि योजना स्थलमा साइनबोर्ड अनिवार्य राख्नूपर्नेछ ।

      १०. अनूसुचि १३ र अनूसुचि २८ को फारामको नमुना योजना शाखावाट उपलब्ध हूनेछ ।

      अन्य आवश्यक जानकारीका लागि शहरी विकास तथा योजना महाशाखा संग सम्पर्क गर्नूहून ।
   

 

१४) वारुणयन्त्र

    कूनै स्थानमा आगलागी भएको खबर फोन नं. ४२०००० मा वा अन्य कूनै माध्यमबाट प्राप्त भएमा ५ मिनेट भित्र वारुणयन्त्र सम्बन्धित स्थानमा
    प्रस्थान गर्ने छ ।