FAQs Complain Problems

घर बहाल कर

विराटनगर महानगरपालिका क्षेत्र भित्र कुनै व्यक्ति, संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पुरै वा आशिंक तबरले बहाल आम्दानी लिएको वा दिएकोमा बहाल अंकको १० प्रतिशत संकलन गर्ने । घर वहालकर संकलन कार्यविधि तयार भई कार्यान्वयन भएमा सोहि बमोजिम हूनेछ ।

आ.व. २०७७/०७८ को घर बहालकर प्रति वर्गफिट निर्धारणको लागि न्युनतम पारित कोठाभाडा दररेट

जनआन्दोलन चौकदेखि पूर्व ट्राफिकचौक हूदै उत्तरतर्फ मेनरोड हूदै गोल्छा चौकसम्मको दायांवायां ५०
जनआन्दोलन चौक देखि धरान रोड हुदै भृकुटि चौकसम्मको सडकको दायांवायां ४०
ट्राफिक चौक देखि रोडशेष चौकसम्म दायांवायां ४०
ट्राफिक चौक देखि दक्षिण कलेज रोड हुदै मलाया सडकसम्म ४०
धरानरोड र मेनरोड विचको हनुमानदास रोड, महाविररोड, बुद्धमार्गको सडक दायांवायांको ४५
मेनरोड देखि दक्षिण दधिरामपथ हुदै सिद्धार्थ चौकसम्म ४०
मेनरोड देखि जानकिपथ हुदै सिद्धार्थ चौकसम्म ४०
मेनरोड गोल्छा चौक जाने रोड देखि पानिटंकि चौकसम्म ३०
मेनरोड जलजला जाने चौक देखि पुर्व रंगेलीरोड हुदै देवकोटा चौकसम्म ४०
१० धरान रोड भृकुटिचौक देखि उत्तर बरगाछि चौकसम्म ४०
११ जनआन्दोलनचौक देखि धरानरोड हुदै रोडशेषचौक सम्मका ४०
१२ मेनरोड गोल्छाचौक देखि जिल्ला प्रशासन कार्यालय सम्म ३०
१३ बरगाछि पुर्व पानिटंकि चौक सम्म १५
१४ जिल्ला कार्यालय मोड देखि हस्पिटल मोड सम्म २५
१५ देवकोटा चौकदेखि धरमवांधरोड, अमरटोल, मधुमारा, हाटखोला चौक देखि पश्चिमउत्तर हुदै गहेली,खद्रा,सेन्ट जोसेफ स्कुलको सडक हुदै बजरंगवली मन्दिरचौक सम्मको १५
१६ बजरंगवली जाने पिच सडक उत्तर सिंगाई रोड पश्चिम मेनरोड हुदै घिनाहघाट चौकसम्म १५
१७ रोडशेष देखि दक्षिण नेशनल ट्रेडिंग हुदै रानि भन्सार सम्म १०
१८ बिराटनगर भन्सार कार्यालय देखि उत्तर पुरानो जोगबनि सडक देखि उत्तर रोडशेष चौकसम्म १५
१९ जनआन्दोलन चौक देखी पश्चिमजाने पिच सडक हुदै विराटनगर वडा नं ६ र ७,१५ र १६मा पर्ने शान्तिचोक, सरौचिया , जनपथ , नहरपारी, कालिमन्दिर दक्षिण वडा समिति कार्यालय १६ हुदै पुर्व मा महेन्द्र मोरगं क्याम्पस पूर्व रोडसेष चौक सम्म १०
२० वरगाछि चौक देखि पश्चिम चांदनी चौक सम्म र उत्तर विराटनगर ४ र ५ को उत्तरी सिमाना पहडगछ चौक सम्म १५
२१ ट्राफिक चौकपूर्व जहदारोड सम्म १५
२२ तिनटोलिया, जनपथ, मधुमारा, पान्चाली, सरौचिया, अलकाटोल, वडा नं ६,७,८,९,१०,११,१२, १३, १४, १५, १६ को १०
२३ केशलिया सडक १५
२४ उक्त सि. न. मा नपरेका नगरपालिका क्षेत्र भित्रका अन्य क्षेत्रहरुको १०
२५ बरगाछी उत्तर आयल निगम सम्म ३०

नोटः जग्गाबहाल करको हकमा शहरी क्षेत्रमा घर बहालको २० प्रतिशत र कृषियोग्य ग्रामिण क्षेत्रमा १० प्रतिशत मुल्य कायम गरी मुल्यांकन गरिनेछ ।    
दृष्टव्यःउपरोक्त उल्लेखीत सडकमा    
क. जस्ता, टायल, एस्वेष्टसको छाना भई पक्कि गाह्रोभएको घरको तलाको हकमा माथि लेखएको मुल्यमा ३०    
      प्रतिशत छुट दिने।    

ख. काठै काठको घर वांसकोटाटी जस्ता, टिन, टायल छानाभएको कच्ची घरमा ५० प्रतिसत छुट दिने ।    

ग. उपरोक्त न्युनतम वहाल दर जमिन तल्लाको लागिभएको हुंदा प्रथम तल्ला वा सोभन्दा माथिको तल्ला आवासिय प्रयोजनको लागि भएमा ७५ प्रतिशत र ब्यवसायिक प्रयोजनका      लागि  भएमा ५० प्रतिशतका दरले कमगर्ने ।    

घ. उपरोक्त वमोजिमको वहाल दर मासिक आधारमा हिसाव गर्ने । साथै उपरोक्त शिर्षकमा नपरेको क्षेत्रमा प्रतिवर्ग फिट    रु १०।

ङ. जमीनतलाको अगाडिको पसल कवल वाहेक पछाडि पट्टीकाअन्य कोठाहरुको ब्यावसायिक प्रयोजन भएमा २० प्र्र्रतिशत र अन्य प्रयोजन निमित्त उपयोग भएमा उपरोक्त वहालकरमा ४० प्रतिसतका दरले छुट दिई हिसाव गर्ने ।    

च. सरकारी, अर्धसरकारी र वित्तिय संस्था आदिहरुको बहालकर घरबहाल संझौतालाई समेतलाई आधारमानि निर्धारण गर्न सकिने छ ।