FAQs Complain Problems

संक्षिप्त परिचय

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर भारतको जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 

थप जानकारी: http://bit.ly/brt_samchipta_jankari