के सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिले पनि नविकरण गर्नुपर्छ?

पर्छ। अर्को आर्थिक वर्षमा भत्ता प्राप्त गर्नको लागि  श्रावण १ देखि पौष मसान्तसम्ममा आफ्नो वडा कार्यालयमा गई आफ्नो नाम नविकरण गर्नुपर्छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-

  • निवेदन (वडा कार्यालयमा पाइने)
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • 2 वटा पासपोर्ट साईजको फोटो
  • विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि

सामाजिक सुरक्षा भत्ता कुन वर्गका व्यक्तिहरुले कति पाउँछन् ?

क्र.सं. लाभान्वित वर्ग भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था मासिक रकम रु. कैफियत

१.

ज्येष्ठ नागरिक

दलितः ६० वर्ष पुगेको

अन्यः ७० वर्ष पुगेको

१०००।–

७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई मासिक थप १०००।- उपचार खर्च प्राप्त गर्नेछन्।

२.

एकल महिला

विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको

Pages