FAQs Complain Problems

निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

आज मिती २०७४/०३/२७ मा विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख श्री भीम पराजुली, उप-प्रमुख श्री इन्दिरा कार्की लगायत १९ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुले विरेन्द्र सभागृहमा सम्पन्न कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो। कार्यक्रममा व्यवस्थापिका संसदका सभासद, क्षेत्रीय निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, संचारकर्मी, राजनितिक दलका प्रतिनिधि  लगायत अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिती थियो। कार्यक्रम पश्चात नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाका कर्मचारीहरुद्वारा नगर कार्यपालिकाको कार्यालयमा स्वागत गरीयो।