विराटनगर महानगरपालिकाको वेबसाइटमा तपाईलाई स्वागत छ।

विराटनगर महानगरपालिका नेपालका ७ प्रदेश  मध्ये प्रदेश नं. १ को मोरङ जिल्लामा अवस्थित छ । मोरङ जिल्लाको दक्षिण पश्चिम सिमानामा रहेर भारतको जोगवनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक,  व्यापारिक तथा  प्रशासनिक  केन्द्रको रुपमा  समेत परिचित छ । पुर्वमा कटहरी र जहदा गा.पा., पश्चिममा केशलिया खोला, उत्तरमा वुढीगंगा र ग्रामथान गा.पा.  तथा   दक्षिणमा भारतको सिमानासँग  जोडिएको  यो  नगर समतल भु—भागमा  फैलिएको छ भने स्थानीय नगरवासीहरुलाई  सर्वसुलभ  ढंगबाट  सेवा सुविधा उपलब्ध गर्न  गराउन भौगोलिक रुपमा जम्मा  १९  वटा वडाहरुमा  विभाजन गरिएको छ । सम्पुर्ण  मोरङ  जिल्लाको  कुल जनसंख्यामध्ये  १९.७७   प्रतिशत मानिसहरुको बसोवास रहेको यस नगरको आर्थिक औद्योगिक, व्यापारिक, शैक्षिक,  स्वास्थ्य लगायतका   नागरिकहरुलाई  पुर्याउन   पर्ने अत्यावश्यक सेवा  प्रवाहको  क्षेत्रहरुमा  पुर्वाञ्चलकै  अग्रणी  शहरको   भुमिका ​निर्वाह गर्दै आईरहेको छ । 


 

सामाजिक सुरक्षा कार्यक्रम मार्फत प्राप्त भत्ता कुन प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ ?

व्यक्तिले प्राप्त गरेको भत्ता माथि सम्बन्धित व्यक्तिकै अधिकार हुने भएकोले व्यक्तिले आफ्नो इच्छा अनुसार खर्च गर्न सक्दछन् । तर बाल पोषण भत्ताको रकम बालबालिकाको लागि आवश्यक पौष्टिक खानामा खर्च गर्न दिइन्छ ।

सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले, कहाँ निवेदन दिनु पर्दछ ?

 सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्षको श्रावण १ को  पौष मसान्त भित्र सम्बन्धित  वडा कार्यालयमा गई निवेदन दिनु पर्दछ । तर विधवा महिला, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ।

के सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिले पनि नविकरण गर्नुपर्छ?

पर्छ। यसको लागि  श्रावण १ देखि पौष मसान्तसम्ममा आफ्नो वडा कार्यालयमा गई आफ्नो नाम नविकरण गर्नुपर्छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-

  • निवेदन (वडा कार्यालयमा पाइने)
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • 2 वटा पासपोर्ट साईजको फोटो
  • विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि

सामाजिक सुरक्षा भत्ता कुन वर्गका व्यक्तिहरुले कति पाउँछन् ?

क्र.सं. लाभान्वित वर्ग भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था मासिक रकम रु. कैफियत

१.

ज्येष्ठ नागरिक

दलितः ६० वर्ष पुगेको

अन्यः ७० वर्ष पुगेको

१०००।–

७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई मासिक थप १०००।- उपचार खर्च प्राप्त गर्नेछन्।

२.

एकल महिला

विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको