FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आज मिति २०७४ असार ३० गते शुक्रवार विराटनगर महानगरपालिकाले आफ्नै सभाहलमा सार्वजनिक सूनूवाई कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उल्लेखित उपस्थिति रहेको थियो । कार्यक्रममा नगरको समसायिक गतिविधि, विकास निमार्ण, सडकबत्ति, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा र सो को वारेमा चर्चा गरिएको थियो । कार्यक्रम महानगरपालिकाका प्रमुख श्री भीम पराजुलीको सभापतित्वमा सम्पन्न भयो ।